नेपालमा आज ५८० जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

नेपालमा आज ५८० जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८१ हजार ५६४ जना पुगेको छ। आज ५८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

आज देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ५६ जना रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२९ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार ४४७ पुगेको छ। 

आज ३ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ६१ पुगेको छ। नेपालमा हालसम्म २३ लाख २५ हजार ९५९ जनाको पीसीआर परीक्षण गरिएको छ।

Skip This
Skip This
Logo