भारतको पश्चिम बङ्गालको निर्वाचनका लागि नेपालका पूर्वी नाका सिल

भारतको पश्चिम बङ्गालको निर्वाचनका लागि नेपालका पूर्वी नाका सिल

केन्द्रबिन्दु
0
Shares

भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टा लागि आज बिहान ६ बजेदेखि सिल गरिएको छ। 

पश्चिम बङ्गालमा वैशाख ४ गते हुने राज्यसभाको निर्वाचनलाई दृष्टिगत गरी काँकडभिट्टा र भद्रपुर नाका सिल गरिएको हो। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आज बिहानदेखि वैशाख ४ गते बेलुका ६ बजेसम्मका लागि सीमा नाका सिल गरिएको बताए। उनका अनुसार सो समयमा यातायात तथा मानिसलाई आवतजावत गर्न पूर्ण रोक लगाइएको छ।रासस

Skip This
Skip This
Logo