बढ्दैछ तिब्बती पठारको तापक्रम,ग्लोबल वार्मिङको खतरा

बढ्दैछ तिब्बती पठारको तापक्रम,ग्लोबल वार्मिङको खतरा

केन्द्रबिन्दु
0
Shares

हालै भारतको उत्तराखण्डमा ग्लेशियर पग्लिएर करीब ८० जनाको मृत्यु भएको थियो। यो घटनाले हिमालय क्षेत्रमा बढेको खतरालाई दर्शाउँछ। हालै भएको एक अध्ययनमा तिब्बतको पठारको तापक्रम पहिल्यैदेखि बढिरहेको  देखाएको छ।

बढ्दो तापक्रमको  समस्या भारत र तिब्बतमा मात्रै रहेको होइन, यो केवल एउटा प्रतिनिधि घटना हो। यस  क्षेत्रलाई एशियाको वाटर टावरसमेत भनिन्छ। यसले पूरा एशिया महाद्विपमा खतरा रहेको जनाउँछ। यस क्षेत्रमा कैयौं नदीका श्रोत रहेका छन्।  

पर्यावरणसँग जोडिएका कैयौं उदाहरणले तापक्रम बढ्दाको खतरनाक परिणामतर्फ संकेत गरिरहेका छन्। चीनका अनुसन्धाताले गरेको एक अध्ययनमा यहाँको तापक्रम पहिले देखिनै अनुमान गरे भन्दा धेरै बढेको बताइएको छ।

शोधकर्ता वेंग्शिया झांगका अनुसार  मोडरेट कार्बन इमिशन यस्तै अवस्थामा रहेको खण्डमा २०४१ देखि २०६० का बीच तिब्बतको पठारको तापक्रम २.२५ डिग्री सेल्सियससम्म बढ्न सक्छ।  २०८१ देखि २१०० का बीच तापमान  २.९९ डिग्री सेल्सियससम्म बढ्न सक्छ।

तिब्बतको पठारमा तापक्रम वृद्धिका कारण ग्लेशियर पग्लेर अर्बाैं मानिस, बोट विरुवा तथा जीव जन्तुका लागि समस्या खडा हुनेछ।

भारतमा ब्रम्हपुत्र तथा गंगा, पाकिस्तानमा सिन्धु अनि चीनको यांगजी तथा एलो रिभरका लागि यो ठुलो समस्या हुनसक्छ । साथै यसका कारण नदीको पानीको वहावमा फरक पर्न जान्छ। जसले बाढी तथा सुक्खा जस्तो प्राकृतिक विपत् आइपर्छन्। यसले समुद्रको जलस्तर समेत बढ्नेछ।

Logo