आज नयाँ वर्ष २०७८ को पहिलो कारोबार शेयर बजार मापक नेप्सेले नयाँ कीर्तीमानी बनाएको छ। नेप्से २० अंकले बढेर २ हजार ७३५ बिन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो।
गत मंगलबार वर्षको अन्तिम दिन २ हजार ७१४.७९ विन्दुमा पुगेको थियो । नेप्से सूचक उच्च वृद्धि भएसँगै आज कारोबार रकममा समेत वृद्धि भएको छ।
बिहिबार २१८ कम्पनीको कारोबार भएको थियो । जसमा ९५ हजार ७३७ पटकको कारोबारमा एक करोड ९० लाख कित्ता शेयर ८ अर्ब ६३ करोड रुपैयाँमा किनबेच भएको नेप्सेले जनाएको छ।
आज हाइड्रोपावर र व्यापार समूह बाहेक सबै उपसमूहका सूचकहरु बढेका छन् । आज सबैभन्दा धेरै विकास बैंक समूहको सूचक ३.१२ प्रतिशतले बढेको छ भने व्यापार समूहको २.५३ प्रतिशतले घटेको छ । १३ उपसमूहमध्ये ११ समूहको परिसूचक बढेको छ भने बाँकी २ उपसमूहको परिसूचक घटेको छ।
बिहीबार आठ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। बेष्ट फाइनान्स, एनआईसी एशिया लघुवित्त, ज्योति लाइफ इन्स्योरेन्स, महिला लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, छ्याङ्दी हाइड्रोपावर र कर्णाली डेभलपमेन्ट बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।





























प्रतिक्रिया