भारतमा बिहीबार एक हजार १८५ संक्रमितको मृत्यु

भारतमा बिहीबार एक हजार १८५ संक्रमितको मृत्यु

केन्द्रबिन्दु
0
Shares

भारतमा कोरोना संक्रमण र संक्रमितकाे मृत्युदर दिनप्रतिदिन भयानक रुपमा बढ्न थालेकाे छ ।  

पछिल्लो २४ घण्टामा मात्रै २ लाख १७ हजार नयाँ संक्रमित भेटिएका छन् भने १ हजार १८५ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ७४ हजार ३०८ पुगेको छ ।

साथै हालसम्म भारतमा १ करोड ४० लाख ७४ हजार बढीमा संक्रमण पुष्टि भइसकेको छ। जसमध्ये १ करोड २४ लाख २९ हजारले कोरोना जितेर घर फर्केका छन् । 

Logo