पदमुक्त भएका बादलले लिए पुनः गृहमन्त्रीको सपथ

पदमुक्त भएका बादलले लिए पुनः गृहमन्त्रीको सपथ

केन्द्रबिन्दु
0
Shares

रामबहादुर थापा 'बादल'ले गृहमन्त्रीको पुनः सपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई आज पद तथा गोपनियताको सपथ गराएकी हुन्। थापाले आज साँझ ५ बजे सपथ लिएका हुन् ।

‘नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीज्यूको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रामबहादुर थापालाई मन्त्रीपदमा नियुक्ति गरी गृह मन्त्रालयको कार्यभार तोक्नु भएको छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ।

थापा नेकपा (माओवादी केन्द्र)बाट २०७४ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित भएका थिए। 

एमालेमा लागेपछि उनको पद रिक्त गराउन माओवादीले लिखित पत्र दिएपछि संसद सचिवालयले आजै पद रिक्त भएको जानकारी गराएको थियो।

राष्ट्रियसभामा माओवादी केन्द्रका सचेतक दीनानाथ शर्माले थापालाई राष्ट्रियसभा सदस्यबाट मुक्त गर्न गत चैत २७ गते लिखितपत्र पेश गरेका थिए। 

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले त्यसलाई स्वीकृत गरेपछि राजनीतिक दलसम्बन्धी ऐनअनुसार थापाको सदस्य पद रिक्त भएको संसद् सचिवालयले जनाएको छ।

Skip This
Skip This
Logo