दर्शकसहितका खेलकुद प्रतियोगिता बन्द गर्ने सरकारको निर्णय

दर्शकसहितका खेलकुद प्रतियोगिता बन्द गर्ने सरकारको निर्णय

केन्द्रबिन्दु
0
Shares

सरकारले दर्शकसहितको खेलकुद प्रतियोगितालाई बन्द गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दर्शकसहित रंगशालामा हुने खेलकुद बन्द गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को बैठकले हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल र दर्शक सहितको रंगशाला हुने खेलकुद बन्द हुने बताएको छ। पछिल्लो समय देशभर कोरोनाको दोस्रो लहर सुरु भएसँगै सरकारले विद्यालयसहितका भिडभाड हुने स्थानलाई बन्द गर्ने निर्णय गरेको हो।

विश्वभर कोरोनाको संक्रमण बढेपनि नेपालमा ठूला खेल स्पर्धाहरु आयोजना हुँदैछ । अहिले त्रिवि मैदानमा नेपाल सम्मिलित त्रिकोणात्मक सिरिज सञ्चालन भईरहेको छ । बैशाख ११ गतेदेखि घरेलु फुटबलको पहिलो फ्रेन्चाईज प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) सञ्चालन हुँदैछ।

सरकारको निर्णयसँगै पाइपलाइनमा रहेका घरेलु खेलकुदका प्रतियोगिता प्रभावित हुने देखिएको छ। अधिकांश खेल स्पर्धा दर्शकरहित खेलाउन आयोजकलाई दबाब परेको छ।

Skip This
Skip This
Logo