नेपाल लगानीका लागि सुगम गन्तव्य : अर्थमन्त्री

नेपाल लगानीका लागि सुगम गन्तव्य : अर्थमन्त्री

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक लगानीका लागि नेपाल सुगम गन्तव्यका रुपमा स्थापित भएको बताएका छन्। 

अर्थ मन्त्रालय आज आयोजित एनआरएन डेभलपमेन्ट फण्डसम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले मुलुक शान्तिको मार्गमा अगाडि बढेकाले लगानीमैत्री वातावरण सिर्जना भएको बताएका हुन्। 

उनले तराई मधेशमा विखण्डनको नारा लगाउने सिके राउतलाई सरकारको पहलमा नै मूलधारमा ल्याइएको र पछिल्लो पटक नेत्रविक्रम चन्द समूहसमेत शान्तिपूर्ण गतिविधिमा आएकाले शान्ति सुरक्षाका सम्बन्धमा कुनै पनि चिन्ता गर्नुपर्ने अवस्था नभएको उल्लेख गरे। 

अर्थमन्त्रीले पौडेलले गैरआवासीय नेपालको छरिएर रहेको पूँजीलाई एकीकृत गरेर देशभित्र लगानी गर्न आग्रह गर्दै कानूनी, नीतिगत एवं अन्य समस्या भए त्यसलाई समाधान गर्न सरकार तयार रहेको स्पष्ट पारे। गैरआवासीय नेपालीले प्रवर्धन गरेका आयोजना अन्यभन्दा फरक र नमूनायोग्य हुनुपर्नेमा जोड दिँदै उनले पूँजी र प्रविधि भित्र्याउने दूतको रुपमा क्रियाशील हुन आग्रह गरे। 

उनले गैरआवासीय नेपालीको छरिएर रहेको सानो सानो पूँजीका अलावा विदेशी लगानीकर्ताको पुँजी र प्रविधि ल्याउनका लागि क्रियाशील हुन आग्रह गरे। अर्थमन्त्री पौडेलले विश्वभरका लगानीकर्तालाई नेपालमा लगानी ल्याउन र नेपालमा लगानीमैत्री वातावरण छ भन्ने तथ्यलाई प्रचारप्रसार गर्न अनुरोध गरे। 

Logo