रामदानका अवसरमा एक हजार ७०० कैदी जेलमुक्त

रामदानका अवसरमा एक हजार ७०० कैदी जेलमुक्त

केन्द्रबिन्दु
0
Shares

मुसलमानहरूको पवित्र पर्ब रामदानको अवसरमा इजिप्टले देशभरका विभिन्न जेलमा थुनामा रहेका करिब एक हजार ७०० व्यक्तिलाई मङ्गलबार जेलमुक्त गरेको छ ।

पवित्र महिना रामदानको अवसरमा जेलमा रहेका तर आचरणमा सुधार देखिएका व्यक्तिलाई कैद मिनाहाका लागि राष्ट्रपतिको निर्देशनमार्फत् रिहाइ गरिएको हो ।

जेलमा रहँदा आचरणमा सुधार आएका र दुई तिहाई जेल जीवन बिताइसकेका कैदीलाई कैद मिनाह गर्ने अन्तर्राष्ट्रिय परम्परा रहेको छ ।

इजिप्टमा जस्तै विश्वका अन्य मुलुकमा पनि पर्व र धार्मिक तथा सांस्कृतिक लामो बिदाको अवसरमा दुई तिहाइ कैद भूक्तानी गरिसकेका कैदीहरूलाई बाँकी कैद सजाय मिनाह गरी रिहाइ गर्ने प्रचलन चल्दै आएको छ । इजिप्टले रमादान र स्वतन्त्रता दिवस (जुलाई २३) का अवसरमा कैदीहरूको बाँकी जेल अवधि मिनाह गर्ने र सुधार देखिएका उनीहरूको रिहाई गर्ने प्रचलन वर्षौदेखि चल्दै आएको छ । 

इजिप्टको संविधानअनुसार  शसस्त्र विद्रोह, आतङ्कवाद, बदला हत्या र लागूपदार्थ हिरोइनको कारोबारमा सम्लग्न भई जेल परेका कैदीको बाहेक अन्य मुद्दामा जेल परेका कैदीको जेल मिनाह गर्ने अधिकार राष्ट्रपतिमा निहित छ ।

Logo