विश्व पृथ्वी दिवस : विश्वभर विभिन्न कार्यक्रमहरु गरि मनाईंदै

विश्व पृथ्वी दिवस : विश्वभर विभिन्न कार्यक्रमहरु गरि मनाईंदै

केन्द्रबिन्दु
0
Shares

आज विश्व पृथ्वी दिवस, विश्वभर विभिन्न कार्यक्रमहरु गरि मनाईंदैछ। संयुक्त राष्ट्र संघको ६३औं महासभाले अप्रिल २२ का दिन पृथ्वी दिवस मनाउने निर्णय गरेको थियो। पृथ्वीमाथि मानिसहरुले अव्यवस्थित दोहन गर्दा प्राकृतिक विपत्ति बढ्दै गएको छ। प्रकृति र पर्यावरणमाथिको खेलवाडले जलवायु परिवर्तनको चपेटामा पृथ्वी पर्न थालेको छ। 

औद्योगिक विकासको अस्वस्थ होडवाजीले जल, जंगल, जमिन र जीवजन्तुलाई नकारात्मक असर पर्दै गएको छ। पृथ्वी दिवस मनाउने प्रयास संयुक्त राज्य अमेरिकाले सन १९७० को अप्रिल २२ मा गरेको थियो। पृथ्वी दिवस अहिले १९० भन्दा बढी देशले मनाउने गरेका छन्। यो दिवस मनाउनेमा विश्वमा औद्योगिक प्रदूषण फैलाउने अमेरिका, चीन, बेलायत, फ्रान्स, जापान जस्ता देशदेखि जंगल बचाएर कार्वन बेच्ने, नेपाल, भूटान जस्ता देशहरु छन्। सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियो शहरमा भएको पृथ्वी सम्मेलनले पृथ्वी दिवस मनाउने आवश्यकता औंल्याएको थियो। 

फलस्वरुप २००९ मा राष्ट्र संघको ६३औं महासभाले दिवस मनाउने निर्णय गर्यो। पृथ्वी दिवस २०२१ लाई विश्वले ‘पृथ्वीलाई पुनर्स्थापित गरौं’ भनेर मनाइरहेको छ। अहिले जमिन मरुभूमिकरण बन्दै गएको, समुद्रको सतह बढ्दै गएको, हिमालको हिउँ पग्लीरहेको, आगलागी, वन विनाश जस्ता घटनाले पृथ्वी संकटमा छ। 

नेपाल विश्वसँगै जलवायु परिवर्तन र बढ्दो प्रदूषणको चपेटामा पर्दै गएको छ। यो वर्ष उच्च पहाड र हिमालहरुमा पर्याप्त हिउँ परेन भने झण्डै एक हप्ता देशैभरि प्रदूषण फैलिएर जनजीवनमा असर पुर्यायो। हिमालमा हिउँ परेन भने इन्डोनेशियाको जकार्ता र माल्दिभ्स क्रमशः डुब्दैछ। पृथ्वी बचाउन जलवायु परिवर्तनको असर कम गर्न मानिसले व्यवहार परिवर्तन गर्न आवश्यक देखिन्छ। यसको सुरुवात जंगल क्षेत्र बढाउने र दिगो विकासका लागि वैकल्पिक उपाय लिने थालनी गर्नु पर्दछ।

Skip This
Skip This
Logo