एमाले महाधिवेशन आयोजक कमिटी सदस्यको कार्यविभाजन, कसको जिम्मा के ?

एमाले महाधिवेशन आयोजक कमिटी सदस्यको कार्यविभाजन, कसको जिम्मा के ?

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) ले १०औँ राष्ट्रिय महाविधेशन आयोजक कमिटी सदस्यको कार्यविभाजन गरेको छ। प्रधानमन्त्री निवास वालुवाटारमा आज बसेको आयोजक कमिटीको बैठकले कमिटीका सदस्यको कार्यविभाजन बाँडफाँड गरेको हो। 

दुई सय ६५ आयोजक कमिटीका सदस्यको कार्यविभाजन गरिएको हो। वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका नेताहरुको भने कार्यविभाजन गरिएको छैन। नयाँ कार्यविभाजन अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली पार्टी स्कुल विभाग प्रमुख, महासचिव ईश्वर पोखरेल केन्द्रीय कार्यालय प्रमुख र सहइन्चार्ज उपत्यका विशेष कमिटी, विष्णुप्रसाद पौडेललाई सङ्गठन विभाग प्रमुख र अर्थ तथा योजना विभाग प्रमख तोकिएको छ। 

यस्तै नेकपा (माओवादी केन्द्र) बाट एमालेमा प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापालाई वाग्मती प्रदेशको इन्चार्ज र राष्ट्रिय सुरक्षा प्रवर्धन विभागको प्रमुख, लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारीसँगै उद्योग तथा वाणिज्य विभाग प्रमुख, नेपाल उद्योग व्यवसाय महासङ्घको इन्चार्ज तोकिएको छ । 

यस्तै प्रभु शाह सहरी विकास विभागको प्रमुख, पेशागत महासङ्घ नेपाल इन्चार्ज र नेपाल बुद्धिजीवी परिषद् इञ्चार्ज तथा टोपबहादुर रायमाझीले मोर्चा सङ्गठनको इन्चार्जको जिम्मेवारी पाएका छन्। 

प्रदीपकुमार ज्ञवाली प्रवक्ता तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख, सुभास नेम्बाङ प्रदेश नं. १ को इन्चार्ज र संसदीय विभाग प्रमुख, डा राजन भट्टराई विदेश विभाग प्रमुख र प्रवास क्षेत्र इन्चार्ज, विष्णु रिजाललाई विदेश विभाग उपप्रमुख, अग्निप्रसाद खरेल निर्वाचन विभाग प्रमुख र विष्णुप्रसाद रिमाललाई आर्थिक विभाग प्रमुख तथा नेपाल ट्रेड युनियन महासङ्घ इन्चार्जको जिम्मेवारी तोकिएको छ। 

सूर्य थापा प्रचार तथा प्रकाशन विभाग उपप्रमुख र प्रेस चौतारी नेपालको इन्चार्ज तोकिएका छन्। यसअघि प्रेस चौतारीको इन्चार्ज राजेन्द्रप्रसाद गौतम तोकिएका थिए। गौतम प्रदेश नं १ को सहइन्चार्ज बनेका छन्। 

यसैगरी माधवकुमार नेपाल पक्षीय पार्टीका नेता  झलनाथ खनाल, वामदेव गौतम, भीमबहादुर रावल, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्य, गोकर्ण विष्टले कुनै पनि जिम्मेवारी पाएका छैनन्। 

पार्टी कार्यालय सचिवमा तामाङ

यस्तै पार्टी केन्द्रीय कार्यालय सचिवका जिम्मेवारी शेरबहादुर तामाङलाई दिइएको छ। यसअघि उक्त सचिवको जिम्मेवारी ईश्वरी रिजाललाई दिइएको थियो। अहिले रिजाललाई स्कुल विभाग सचिवको जिम्मेवारी दिइएको छ। 

Logo