संक्रमितसँगै सुत्न बाध्य छन् कुरुवा

संक्रमितसँगै सुत्न बाध्य छन् कुरुवा

केन्द्रबिन्दु
0
Shares

दुई वटा सर्जिकल मास्कले नेपालगञ्जकी गीता चन्दको मुख छोपिएको थियो । उनका रसिला आँखामा भने त्रास र पीडा प्रस्ट झल्किन्थ्यो ।

भेरी अस्पतालमा कोरोना संक्रमित श्रीमान्को उपचार कुरुवा बसेकी उनलाई एकातिर कति बेला आफूलाई पनि संक्रमण हुने हो भन्ने डर छ भने अर्कातिर श्रीमानको उपचार कहिले हुने हो भन्ने चिन्ता ।

अस्पताल बाहिर रहेको होटलमा शुक्रबार श्रीमानका लागि दालको झोल किन्दै गर्दा उनले आफूले पाइरहेका हैरानीबारे सुनाइन् । ‘चिसो भुइँमा थुप्रै कोरोना संक्रमितका बीचमा सुत्नु पर्छ,’ उनले भनिन्, ‘बिरामीले उपचार कहिले पाउने हुन् भन्ने पनि थाहा छैन, आफ्नै जीवन रहला, नरहला कुनै टुंगो छैन ।

‘पर्याप्त ठाउँ र चुस्त व्यवस्थापनको अभावमा एउटालाई बचाउँदा अर्को व्यक्ति पनि संक्रमित हुने खतरा रहेको उनले बताइन् । ‘अस्पतालमा न सेनिटाइजर छ न त मास्क,’ उनले भनिन्, ‘कोरोना उपचार केन्द्र बनेको भेरी अस्पतालमा संक्रमितको चाप थामिनसक्नु छ ।’ कान्तिपुर दैनिकमा समाचार छ । 

Skip This
Skip This
Logo