नेपालले त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा नेदरल्याण्ड्सलाई २३९ रनको लक्ष्य दिएको छ।
कुशल भुर्तेल, कुशल मल्ल र उपकप्तान दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट ब्याटिङको मद्दतमा नेपालले २३९ रनको उच्च लक्ष्य दिएको हो ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २३८ रन बनाएको थियो।
नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ७७ रन बनाएका थिए। उनले ५५ बलको मद्दतमा आठ चौका र तीन छक्का प्रहार गरे । कुशल मल्लले ५० रन बनाउँदा उपकप्तान दीपेन्द्र सिंह ऐरी ४८ रनमा नटआउट रहे।































प्रतिक्रिया