नेपालले त्रिकोणात्मक टी-२० सिरिजको उपाधि जितेको छ। नेपालले पहिलो पटक टी २० अन्तर्राष्ट्रिय सिरिज जितेको हो । नेपालले नेदरल्यान्ड्समाथि १४२ रनको फराकिलो जीत हासिल गरेको छ।
नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १७.२ ओभरमा अल आउट हुँदै ९६ रन मात्र बनाएपछि नेपाल १४२ रनले विजयी भएको हो।
नेदरल्यान्ड्सका लागि सेबास्टेन ब्राटले २६ रन बनाए । यस्तै म्याक ओ डुडले २० रन बनाए। त्यस्तै कप्तान पिटर सीलारले १३ रन बनाए।
नेपालका लागि बलर कारण केसीले ३ विकेट लिए। करणले ३ ओभरमा ११ रन दिएर ३ विकेट लिएका हुन् । त्यस्तै सन्दीप लामिछाने र कमलसिंह ऐरीले २,२ विकेट लिए भने अविनाश बोहोराले एक विकेट लिए।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाउँदै २३८ रन बनाएको थियो।
नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ७७ रन बनाएका थिए। उनले ५५ बलको मद्दतमा आठ चौका र तीन छक्का प्रहार गरे । कुशल मल्लले ५० रन बनाउँदा उपकप्तान दीपेन्द्र सिंह ऐरी ४८ रनमा नटआउट रहे।































प्रतिक्रिया