कोरोनाबाट कांग्रेस नेतृ तथा संविधानसभा सदस्यको मृत्यु

कोरोनाबाट कांग्रेस नेतृ तथा संविधानसभा सदस्यको मृत्यु

केन्द्रबिन्दु
0
Shares

कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज–३ की ६२ वर्षीया मोहम्मद सिद्धिकी रहेकी छन् ।

उपचारका क्रममा शनिबार उनको भेरी अस्पतालमा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. प्रकाश थापाले जानकारी दिए । कोरोना संक्रमण पुष्टि भएपछि उनी गत चैत २८ गते भेरी अस्पतालको कोभिड आइसोलेशन वार्डमा भर्ना भएकी थिइन् । 

उनी नेपाली कांग्रेसको तर्फबाट संविधानसभा सदस्यसमेत थिइन् । विसं २०३६ देखि प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आकी सिद्धिकी समाजसेवा र मानव अधिकारका क्षेत्रमा विशेष सक्रिय रहँदै आएकी थिइन् ।

उनी नेपालगञ्जमा स्थापित फातिमा फाउण्डेशन नेपालको संस्थापक अध्यक्षसमेत थिइन् । योसँगै कोरोना संक्रमणबाट बाँकेमा मृत्यु हुनेको सङ्ख्या ७८ पुगेको छ । 

Skip This
Skip This
Logo