नेपाल सुपर लिगमा विराटनगर विजयी

नेपाल सुपर लिगमा विराटनगर विजयी

केन्द्रबिन्दु
0
Shares

पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा विराटनगर एफसीले सानदार जित निकालेको छ ।

आइतबार भएको आफ्नो पहिलो खेलमा विराटनगरले धनगढी एफसीमाथि ३-० को सानदार जित निकालेको हो ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विराटनगरलाई जित दिलाउन  खेलको १६ औं मिनेटमा बिक्रम धिमाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

खेलको ५७ औं मिनेटमा एडिलाजा सोमिडेले गोल गर्दै विराटनगरको अग्रता २-० को बनाए । खेलको ६९ औं मिनेटमा सन्तोष तामाङले गोल गर्दै विराटनगरलाई ३-० को जित दिलाए ।

जितसँगै विराटनगरले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ ।

Skip This
Skip This
Logo