परीक्षण गरिएकामध्ये ९० प्रतिशत कर्मचारी तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि बाँकेको खजुरामा अवस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको सेवा प्रभावित भएको छ।
अस्पतालले एक विज्ञप्ति जारी गर्दै आफ्नो अस्पतालमा कार्यरत कर्मचारी एवं स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गर्दा ९० प्रतिशत कर्मचारीमा कोरोना पोजेटिभ पाइएको र यो अवस्थामा सेवा दिन नसकिने हुँदा एक साताका लागि इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गरेको जानकारी दिएको छ।
वैशाख १२ गतेदेखि १८ गतेसम्म अस्पतालमा इमर्जेन्सी सेवा मात्र दिन सकिने अस्पतालले जनाएको छ। पछिल्लो समय बाँके कोरोनाको दोस्रो लहरमा पनि हटस्पट बन्दै गएको छ। यसभन्दा अघिको कोरोनाको लहरमा पनि बाँके बढी प्रभावित भएको थियो।
केही सातायता बाँकेमा पीसीआर परीक्षण गरिएकामध्ये ८० देखि ९० प्रतिशतमा कोरोना पोजेटिभ पुष्टि हुँदै आएको छ। उता मृत्युदर पनि दिनप्रतिदिन बढिरहेको छ। कोभिड डेडिकेटेट भेरी अस्पताल संक्रमितले खचाखच छ भने कयौं संक्रमितले बेड नपाएर खुला चौरमा उपचार गराइरहेका देखिन्छन्।नेपाल समाचारपत्रबाट































प्रतिक्रिया