आज देशका पहाडी भूभागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशको पूर्वी भूभागमा न्यून चापिय रेखाको प्रभाव छ। जसकारण अपरान्हपछि एक दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
प्रदेश १ र प्रदेश २ लगायत देशका अन्य पहाडी भूभागमा आंशिक बदली रहने आँकलन गरिएको छ।
महाशाखाका अनुसार बुधबार देशका पहाडी भूभागका थोरै स्थानमा अपरान्हपछि क्षणिक वर्षाको सम्भावना छ। बुधबार राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा क्षणिक वर्षाको सम्भावना छ।





























प्रतिक्रिया