नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक वैशाख १५ गते दिउँसो २ बजे बस्ने भएको छ। वैशाख १३ गते बस्ने भनिएको बैठक पिसिआर परीक्षणका कारण स्थगित भएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
मुख्य सचिवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘केन्द्रीय कार्यसमितिको २०७८ बैशाख १३ गते बस्ने भनिएको वैठक पीसीआर परीक्षणका कारण स्थगित भएकोमा उक्त बैठक २०७८ बैशाख १५ गते दिनको २बजे पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन, ललितपुरमा वस्ने भएको हुँदा पदाधिकारीज्यूहरू, केन्द्रीय सदस्यज्यूहरू एवं आमन्त्रीत सदस्यज्यूहरूलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु।’
बैठकमा पार्टीको १४औँ महाधिवेशनको तयारी र मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ। कांग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने कार्यतालिका निर्धारण गरेको छ।





























प्रतिक्रिया