आज माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्ने

आज माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्ने

केन्द्रबिन्दु
0
Shares

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी आज बैठक बस्दैछ। बैठक पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बस्न लागेको हो। 

पछिल्लो समसामयिक राजनीतिक गतिविधिबारे छलफल गर्नका लागि बैठक बस्न लागेको हो ।

यस अघि वैशाख ८ गते पनि बैठक बसेको थियो। सो बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने नलिने विषय अध्यक्षमा निहित रहने निर्णय गरेको थियो। 

आज बस्ने बैठकमा पनि यहि विषयमा छलफल हुने बताइएको छ।

Logo