नेपालमा आज ४ हजार ५२४ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

नेपालमा आज ४ हजार ५२४ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

नेपालमा आज ४ हजार ५२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये एन्टीजेन परीक्षणबाट १६० जनाको रिपोर्ट पोजेटिभ देखिएको छ।

यससँगै संक्रमितको कूल संख्या ३ लाख ७ हजार ९२५ जना पुगेको छ। आज देशभर सक्रिय संक्रमितको संख्या २६ हजार २२५ जना रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५५५ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७८ हजार ५०६ पुगेको छ। 

आज १८ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ३ हजार १९४ पुगेको छ। नेपालमा हालसम्म २४ लाख ३२ हजार ८९ जनाको पीसीआर परीक्षण गरिएको छ। आज १५ हजार ६८१ को परीक्षण गरिएको छ।

Logo