दिल्लीलाई बेंगलोरले १ रनले हरायो

दिल्लीलाई बेंगलोरले १ रनले हरायो

केन्द्रबिन्दु
0
Shares

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा दिल्ली क्यापिटल्समाथि रोयल च्यालेन्जर्स बेंगलोरले १ रनको रोमाञ्चक जित निकालेको छ । 

बेंगलोरले जितको लागि १७२ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ४ विकेट गुमाउँदै १७० रन बनायो ।

त्यसअघि अहमदाबादमा टस हारेर पहिला ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७१ रन बनाएको थियो । बेंगलोरका एवी डिभिलियर्स ४२ बलमा ७५ रनमा अविजित रहे । 

यो जितसँगै बेंगलोर ६ खेलमा ५ मा जित र १ मा हार सहित १० अंकका साथ शीर्षस्थानमा उक्लिएको छ । चेन्नई ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका दोस्रो शीर्षस्थानमा छ । दिल्ली ६ खेलमा ४ मा जित र २ मा हार सहित ८ अंक भएपनि नेट रनरेटको आधारमा तेस्रो स्थानमा छ । 

Logo