वात्सल्य हेल्थ केयरद्वारा निसन्तानलाई सन्तान प्राप्ति, आईभीएफ बन्यो बरदान

वात्सल्य हेल्थ केयरद्वारा निसन्तानलाई सन्तान प्राप्ति, आईभीएफ बन्यो बरदान

केन्द्रबिन्दु
0
Shares

वात्सल्य हेल्थ केयरद्वारा करिब १५ सय दम्पतीलाई आईभीएफमार्फत सन्तान प्राप्तिको खुसी मिलेको छ।

१५ वर्षसम्म सन्तान प्राप्तिका लागि प्रयास गर्दा पनि सफल नभएर निराश भएकाहरुलाई वात्सल्य हेल्थ केयरले उनीहरुको उपचार गराइदिएपछि सन्तान सुख मिलेको हो।

आईभीएफजस्तो आधुनिक उपचार प्रविधिका लागि विदेश जानुपर्ने बाध्यता अन्त्य गर्दै नेपालमै सेवा दिन थालेको वात्सल्यले पछिल्ला दिनमा आफ्नो परिचय स्थापित गर्न सफल भएको कार्यकारी निर्देशक सृष्टि खड्काले बताइन्। नेपालमै सेवा प्रदान गर्ने सोच बनाएर ४ वर्षदेखि वात्सल्यले सेवा सुरु गरेको उनले जानकारी दिइन्। 

स्थापनाको छोटो समयमै १५ सयलाई आईभीएफमार्फत, ३ सयलाई आईयूआई र ४५० लाई प्राकृतिक गर्भधारण गराउन सफल यस क्लिनिकमा अन्तर्राष्ट्रिय स्तरको प्रविधि र सेवाको अनुभव भएका चिकित्सकहरुले काम गर्दै आएका छन्। 

नेपाल, पाकिस्तान, हङकङ, जापान, अमेरिका, अस्ट्रेलिया जस्ता मुलुकमा बस्ने विभिन्न दम्पतीले वात्सल्यमा सफल उपचार गराइसकेका बताइएको छ।

वात्सल्य हेल्थ केयरद्वारा अहिले निःसन्तानसम्बन्धी कारण पहिचान र उपचार, आईभीएफ, आईयूआई, वीर्य जाँच, डिम्ब र शुक्राणु भ्रुणको फ्रिजिङ, प्रसूति पूर्वको सम्पूर्ण जाँच, बालरोग उपचार जस्ता विभिन्न सेवाहरु उपलब्ध छन्। यसका सेवा नारायणचौर नक्सालका साथै बीटीएस चोक नेपालगन्जबाट पनि प्राप्त गर्न सकिनेछ।

Logo