एलनमस्कले एक वर्षमै तेस्रो पटक पठाए मानवयुक्त अन्तरिक्षयान

एलनमस्कले एक वर्षमै तेस्रो पटक पठाए मानवयुक्त अन्तरिक्षयान

केन्द्रबिन्दु
0
Shares

स्पेश एक्सले २३ अप्रिलमा चार जना अन्तरिक्ष यात्रीलाई एकपटक प्रयोग भइसकेको रकेट तथा यानलाई नयाँ तरिकाबाट बनाएर अन्तरिक्षमा पठाएको छ। संसारका सबैभन्दा धनी व्यापारी एलन मस्कको उक्त कम्पनीले एक वर्षको अवधिभित्रै  तेस्रो पटक मानवयुक्त यान अन्तरिक्षमा पठाएको हो ।

अमेरिका, जापान तथा फ्रान्सका यी अन्तरिक्ष यात्री २४ अप्रिलको बिहान अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पुगेका थिए। उनीहरु यस ड्रागन यानमा २३ घण्टाको सफरबाट स्पेश स्टेशनमा पुगेका थिए। स्पेश एक्सले पहिलो मानवयुक्त उक्त यानको प्रयोग गत वर्षको  मे महिनामा गरेको थियो।

स्पेश एक्सले नासाका लागि अन्तरिक्ष यात्री पठाउनका लागि कुनै यान तथा रकेटको पुनःप्रयोग पहिलो पटक गरेको हो। रकेटको प्रयोग भने पछिल्लो नोभेम्बरमा दोस्रो मानवयुक्त अन्तरिक्ष उडानका लागि भएको थियो।

अन्तरिक्ष यानका कमाण्डर शाने किमब्रोग तथा उनका साथीले एकहप्ता पहिले रकेट रकेटबाट निक्लने धुवाँबाट आफ्नो नामको पहिलो अक्षर लेखेर नयाँ परम्पराको सुरुवात भएको  बताए।

यान प्रक्षेपणपछि मस्कले, 'यदि त्वरित एवं पूर्ण पुनः प्रयोगको क्षमता भएको खण्डमा यो अर्को लोकमा जाने बाटो बन्ने बताए। जो स्पेश एक्सले कोशिश गरिरहेको छ ।' साथै नासाको सहयोगले यसमा धेरै चिज बदलिन सक्ने पनि उनले बताए।

Skip This
Skip This
Logo