कोरोना महामारी अनियन्त्रित भएपछि आफ्ना नागरिकलाई तत्काल भारत छाड्न अमेरिकाको आग्रह

कोरोना महामारी अनियन्त्रित भएपछि आफ्ना नागरिकलाई तत्काल भारत छाड्न अमेरिकाको आग्रह

केन्द्रबिन्दु
0
Shares

अमेरिकाले आफ्ना नागरिकहरूलाई तत्काल भारत छोड्न आग्रह गरेको छ। भारतमा तीव्र गतिमा कोरोना संक्रमण फैलिएपछि अमेरिकाले आफ्ना नागरिकका लागि यस्तो सूचना जारी गरेको हो। 

भारतमा मेडिकल सुविधाको चरम अभाव हुने गरी संक्रमण फैलिरहेकाले अमेरिकाले जतिसक्दो चाँडो आफ्ना नागरिकलाई स्वदेश फर्काउन चाहेको छ। एक ट्राभल हेल्थसम्बन्धी सूचना जारी गर्दै उसले यस्तो आग्रह गरेको हो। विशेष गरी भारतमा देखापरेको संकटग्रस्त अवस्थालाई ध्यानमा राखी अमेरिकी राष्ट्रपति जो बाइडेनले सहयोग घाषणा गरेसँगै यो सूचना आएको हो। 

भारतमा एक कराृेड ८० लाखभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका छन् ।  बुधबार एकै दिनमा तीन लाख ७९ हजार २५७ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि भारतमा अहिलेसम्ममा एक करोड ८३ लाख ७६ हजारभन्दा बढी व्यक्ति संक्रमित हुन पुगेका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।  

त्यहाँ संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख नाघेको छ।  गएको २४ घन्टामा तीन हजार ६ सय ४५ जनाको कोरोना संक्रमणको कारण ज्यान गएको छ। त्यससँगै यस प्रकोपबाट मृत्यु हुनेको संख्या २ लाख ४ हजार ८ सय ३२ पुगेको  उक्त मन्त्रालयले जनाएको छ।

एकै दिन तीन लाखभन्दा बढी कोरोना भाइरस संक्रमित भेटिएका यो आठौं दिन भएको स्वास्थ्य मन्त्रालयले बताएको छ। कोरोना महामारी सुरु भएयता विश्वमा भएका संक्रमणको तुलनामा यो ठूलो संख्या भएको भारतीय सरकारी तथ्यांकले देखाएको छ।

Skip This
Skip This
Logo