ललितपुरका सरकारी कार्यालयले प्रदान गर्ने अत्यावश्यक बाहेकका सेवा बन्द

ललितपुरका सरकारी कार्यालयले प्रदान गर्ने अत्यावश्यक बाहेकका सेवा बन्द

केन्द्रबिन्दु
0
Shares

ललितपुरका सरकारी कार्यालयले प्रदान गर्ने अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको छ। 

कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले कात्तिक २ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो।

शुक्रबार भएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र तथा अन्य सरोकारवालासँगको परामर्शपछि स्थानीय प्रशासनले अत्यावश्यक बाहेकका अन्य सेवा बन्दको निर्णय गरेको हो

सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा सेवाग्राहीको भीड अत्याधिक भई संक्रमण फैलिने जोखिम रहेका कारण सो निर्णय गरिएको प्रशासनले जनाएको छ।

ललितपुरमा  हालसम्म कोभिड सङ्क्रमितको सङ्ख्या पाँच हजार २६० पुगेको छ। यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ५४० र मृतकको सङ्ख्या ४८ पुगेको छ ।

Skip This
Skip This
Logo