काठमाडौं।
पामाकेयरले नेपाल स्काउटलाई कोरोना महामारीबाट बच्नका लागि स्वास्थ्य सुरक्षाको लागि प्रयोग हुने सेनिटाइजर सहयोग गरेकाे छ।
पामाकेयरका प्रबन्ध निर्देशक पवन चौधरीले नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीलाई लैनचाैरस्थित स्काउट हेडक्वाटरमा १ हजार २ सय बोतल पामाकेयर सेनिटाइजर एक कार्यक्रमका बिच हस्तान्तरण गरेका हुन् । पामाकेयर नेपालकाे उत्कृष्ठ ब्राण्ड हाे ।
सेनिटाइजर हस्तान्तरण गर्दै चौधरीले स्काउट जस्तै सामाजिक संघसंस्थालाई पनि सेनिटाइजर हस्तान्तरण गरिरहेको र यसरी नै फेरि पनि सहयोग गर्दै जाने बताएका छन् । त्यस्तै, स्काउटका संयोजक भण्डारीले नेपाल स्काउटले कोरोना भाइरसबाट बच्नका लागि नेपालभरी सचेतना कार्यक्रम तथा अन्य सामाजिक काम गर्दै आएकाले पामाकेयरले गरेको सहयोगको लागि चौधरीलाई धन्यवाद दिए ।
नेपाल स्काउट कोरोना भाइरसको संक्रमण सुरु भएदेखि नै जनचेतना र पूर्वतयारीमा जुट्दै यतिबेला राहत वितरण, रक्तदान र स्वाब ढुवानीमा खटिएको छ । कोरोना भाइरसका कारणले हुन सक्ने सम्भावित क्षतिलाई मध्यनजर गर्दै उपत्यकामा उपलब्ध स्काउट लिडरहरुले अहिले पनि कोरोना सम्बन्धी जनचेतना अभियान चलाएका छन् ।





























प्रतिक्रिया