मास्कको कालोबजारी गर्ने सर्जिकल सप्लायर्सलाई २ लाख जरिवाना

मास्कको कालोबजारी गर्ने सर्जिकल सप्लायर्सलाई २ लाख जरिवाना

केन्द्रबिन्दु
0
Shares

मास्कको कालोबजारी गर्ने त्रिपुरेश्वरस्थित अल फाइन सर्जिकल सप्लायर्सलाई २ लाख रूपैयाँ जरिवानासहित कारबाही गरिएको छ।  

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले आइतबार अनुगमन गर्ने क्रममा सो सप्लायर्सले प्रति पिस ४.४६ रुपैयाँ थोक मूल्यमा खरिद गरिएको सर्जिकल मास्क ८ रुपैयाँ ३८ पैसामा बिक्री गरेको पाइएको भन्दै जरिवाना गरेको जनाएको छ।

उपभोक्ताको गुनासोका आधारमा सप्लायर्समा पुगेको अनुगमन टोलीले सोही अनुसार कारोबार गरेको पाएपछि सो फर्मलाई २ लाख जरिवाना गरेको हो। सो फर्मले उपभोक्ता संरक्षण ऐन, २०७५ दफा १६ (२) (क) विपरित अनुचित व्यापारिक क्रियाकलाप गरी ऐन दफा ३८ (ङ) बमोजिमको कसूर गरेको पाइएको छ। 

विभागले पछिल्लो समय मास्क उत्पादन गर्ने उद्योग, थोक सप्लायर्स र खुद्रा पसलमा गरेको अनुगमन केन्द्रीत गरेको छ। कोरोना महामारीका बेला आवश्यक पर्ने सुरक्षाको कवज मास्क अभाव गर्ने तथा बढी मूल्य लिने विरुद्ध विभागले स्थलगत रुपमा कारबाही गरेको विभागका प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए।

विभागले कोरोनाको दोस्रो महामारीको बेला पनि मास्कको कालोबजारी गरेकाले अबका दिनमा मास्क बिक्री गर्ने ठूला तथा खुद्रा पसलको अनुगमनलाई तीव्रता दिने भएको छ।

Skip This
Skip This
Logo