काठमाडौँ उपत्यकामा एकै दिन ३ हजार ५९५ संक्रमित फेला परेका छन्। यसमध्ये काठमाडौँ जिल्लामा मात्र २ हजार ७४४ जना रहेका छन् । यस्तै ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जना संक्रमित रहेका छन् ।
यस्तै नेपालमा आज ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये एन्टीजेन परीक्षणबाट ७४ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ।
यससँगै संक्रमितको कूल संख्या ३ लाख ३६ हजार ३० जना पुगेको छ। आज देशभर सक्रिय संक्रमितको संख्या ४८ हजार ७११ जना रहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६१२ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ८३ हजार ९९४ पुगेको छ।
आज २७ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ३२५ पुगेको छ। नेपालमा हालसम्म २५ लाख ४ हजार ४७६ जनाको पीसीआर परीक्षण गरिएको छ। आज १६ हजार ७७० जनाको परीक्षण गरिएको छ।































प्रतिक्रिया