कांग्रेसको पदाधिकारी बैठक आज बस्दै, समसामयीक विषयमा छलफल हुने

कांग्रेसको पदाधिकारी बैठक आज बस्दै, समसामयीक विषयमा छलफल हुने

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ। बैठक दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बोलाइएको हो। बैठकमा वर्तमान पदाधिकारीहरु तथा पूर्व पदाधिकारीहरु सहभागी हुनेछन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख २७ गते विश्वासको मत लिने जनाउँदै बजेट अधिवेशन बोलाएपछि कांग्रेसले बैठक आह्वान गरेको हो।

आजको बैठकमा अबको राजनीतिक रणनीति र विभिन्न प्रदेशमा उत्पन्न पछिल्ला घटनाबारे छलफल र समीक्षा हुने कांग्रेसले जनाएको छ।

Skip This
Skip This
Logo