कोरोना कहरमा कलाकारहरूको म्युजिक भिडियो क्रेज, रहर कि वाध्यता ? (भिडियो)

कोरोना कहरमा कलाकारहरूको म्युजिक भिडियो क्रेज, रहर कि वाध्यता ? (भिडियो)

केन्द्रबिन्दु
0
Shares

‘अब त यस्तो लागिसक्यो कि, चमत्कार नै होस्, सरकारले सूचना जारि गरोस्– ल सब ठिकठाक भयो । सबैजना आ–आफ्नो काममा फर्कन सक्नु हुनेछ ।’, अभिनेता विपिन कार्कीको मनोकांक्षा हो यो । तर, सोचे जस्तो कहाँ हुन्छ र ! विपिन यतिबेला पट्यारलाग्दो दैनिकीबाट ग्रसित छन् । अभिनयको हुटहुटी जागिरहेको छ, भाइरस आतंकले अपहरित स्वतन्त्र जीवनशैलीको चाह तीब्र छ । तथापि दिनानुदिन बढ्दो संक्रमणदर र यसको त्रासले सबै चाहनाहरू कुण्ठित छन् ।

गत चैत ५ गतेबाट ठप्प भएको चलचित्र बजार त्यो भन्दा अघिबाटै प्रभावित थियो । अझ लकडाउन, निषेधाज्ञा अनि भाइरस संक्रमण त्रासले यसलाई धेरै पछि धकेलिदिएको छ । अन्य क्षेत्र झैं, मनोरञ्जन बजार पनि नमज्जासँग थलिएको छ । बेरोजगारीपन, अन्यौलग्रस्त जीवनशैली कोभिड–१९ ले जन्माएको साझा विशेषता हो । यही विशेषताको टोकरीमा बस्न बाध्य छन्, कलाकार, प्राविधिक, निर्देशक, निर्माता, वितरकदेखि हल सञ्चालकसम्म ।

यसले नेपाली फिल्म उद्योगको घाटादर उच्च बनाएको छ, जनशक्ति अस्थिर र पलायनको अवस्थामा पुगेको छ । त्यो भन्दा ठूलो मानसिक तनावको समस्या विकराल बन्ने देखिन्छ । तथापि, यतिबेला नेपाली मनोरञ्जन बजारको एउटा आधारको रुपमा खडा भएको छ, गीत–संगीत र म्युजिक भिडियो बजार । भाइरस प्रभावले शिथिल चलचित्र बजारमा बाहिरबाट सरसर्ती हेर्दा म्युजिक भिडियो बजारले केही मल्हम लगाएको हो कि भन्ने महशुस गर्न सकिन्छ ।

लकडाउनको समय पछिकै कुरा गर्दा ठूलो पर्दामा चलिरहेका अनुहारहरू नै म्युजिक भिडियो केन्द्रित देखिएका छन् । यसको अर्थ महामारी असरका कारण शिथिल कलाक्षेत्र थोरै भएपनि सक्रिय भएको हो कि भन्ने भान हुन्छ ।

Logo