भ्रष्ट्राचारका विषयमा प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीको ‘वाकयुद्ध’

भ्रष्ट्राचारका विषयमा प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीको ‘वाकयुद्ध’

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको आरोपमा सत्यता नभएको बताएका छन् ।

६५ औं प्रहरी दिवसको अवसरमा शुक्रबार हेडक्वाटरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बूढीगण्डकी जलविद्युत आयोजनामा घुस बाँडेर खाएको भन्ने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको अभिव्यक्ति गैरजिम्मेवार र निराधार भएको बताएका हुन् । ‘यस्ता गैरजिम्मेवार र निराधार अभिव्यक्ति एउटा कुरा हो। हामी त्यस्तो गैरजिम्मेवार र अनुत्तरदायी हुन सक्दैनौं।’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले यस्ता आधारहित गलत सूचना दिएर जनता नभड्काउनसमेत आग्रह गरे। भने, ‘हामी त्यस्तो गैरजिम्मेवार हुन सक्दैनौं, त्यति अनुत्तरदायी हुन सक्दैनौं । देश र जनतालाई गलत सूचना दिएर भ्रममा पारेर, भड्काएर, गलत बाटोमा लाने कुचेष्टा र त्यस्ता हर्कत हामी गर्न सक्दैनौं।’

केही दिनअघि एक कार्यक्रममा भट्टराईले प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले बूढीगण्डकी जलविद्युत् आयोजनाको नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको प्रमाण आफूसँग रहेको दाबी गरेका थिए।

प्रधानमन्त्री ओलीको अभिव्यक्तिको पूर्व प्रधानमन्त्री भट्टराइले काउन्टर जवाफ दिएका छन् । डा. भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत ‘प्रम केपी शर्मा ओलीको भ्रष्टाचारप्रति साँच्चै शून्य शहनशीलता हो भने बूढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षा प्रेस, यति, ओम्नी लगायत ठूला भ्रष्टाचार प्रकरणको उच्चस्तरीय निश्पक्ष छानविन गर्न कसले रोकेको हो ?’ भन्दै प्रश्न गरेका हुन्। ‘कुराले होइन काम गरेर देखाउनुस् नत्र ढाँटको कुुरा खाई पत्याउनु..’ भट्टराईको भनाइ छ।

यस अघि नेपाली कांग्रेसले पनि आरोप पुष्टि गर्न नेता भट्टराईलाई चुनौती दिएका थिए ।

Skip This
Skip This
Logo