सरकारले सेराम इन्स्टिच्युटसँग ५० लाख खोप खरिद हाललाई सम्भव नभएको बताएको छ। कमिसन विवादका कारण भारतको सिरम इन्स्टिच्युटसँग ५० लाख डोज कोभिसिल्ड खोप खरिद प्रक्रिया रोकिएकोबारे सरकारले औपचारिक प्रष्टीकरण दिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती जारी गर्दै सञ्चारमाध्यममा आएका समाचारमा कुनै सत्यता नरहेको समेत जनाएको छ। ‘भारतको सिरम इन्सटीच्युट इन्डियाले नेपाललाई खोप आपूर्ति गर्नु आफ्नो प्राथमिकता रहेको तर सो कम्पनीमा भएको आगलगाी र क्षमता विस्तारमा अवरोध भएकाले क्षमता विस्ता हुनवितिकै आफूर्ति गर्ने जानकारी दिइएको छ। थप ५० लाख मात्रा कोभिसिल्ड खोप खरिद गगर्ने अवस्था हाललाई रहेको छै,’ मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
































प्रतिक्रिया