सर्वोच्च अदालतले उज्यालो नेटवर्क अनलाइनका कार्यकारी सम्पादक अनिश तामाङ र महाप्रबन्धक प्रभात लामालाई थुनामुक्त गर्न आदेश दिएको छ।
प्रभात लामा भन्ने दुर्गालाल लामालाई थुनामुक्त गर्न माग गर्दै ललितपुर पत्रकार महासंघले हालेको बन्दीप्रत्येक्षीकरण रिट सर्वोच्चले जारी गरेको हो।
न्यायाधीश ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले उनीहरूलाई तारेखमा राखेर पनि अनुसन्धान सकिने हुँदा थुनामै राखिरहनु नपर्ने आदेश गरेको हो।
सर्वोच्चले प्रहरीले गरेको पक्राउ अनुचित र गैरकानुनी ठहर गरेको छ।































प्रतिक्रिया