छिमेकी देश भारत यतिबेला कोरोनाको दोस्रो लहरको हटस्पट बनेको छ। त्यसबाट नेपाल पनि अछुतो छैन। नेपालमा पनि दिनानु दिन संक्रमितहरु बढिरहेका छन्। मृत्यु हुनेको संख्या पनि अघिल्लो वर्षभन्दा उच्च रहेको छ।
नेपालमा कोरोना संक्रमण बढिरहेका बेला चिनियाँ विदेश मन्त्रालयको प्रेस व्रिफिङमा सञ्चारकर्मीहरुले प्रवक्ता वाङ बेनबिनसँग प्रश्न सोधे- के चीनले नेपाललाई कोरोना नियन्त्रणका लागि साँच्चिकै सहयोग गरिरहेको छ?
प्रवक्ता बेनबिनले नेपाल आफूहरुको छिमेकी देश र रणनीतिक साझेदार भएको बताए। उनले कोरोना महामारी सुरु भएदेखि नै दुई देश मिलेर काम गरिरहेको बताए। 'चीन-नेपाल मित्रतामा यतिबेला सबैभन्दा ठूलो मुद्दा नै कोरोना बनेको छ,' ब्रिफिङका दौरान उनले भने।
उनले नेपालमा कोरोना संक्रमणको दर तीव्र फैलिरहेको भन्दै त्यसमा साथसहयोगका लागि आफूहरु हरदम रहेको बताए। उनले हालसालै दक्षिण एसियाली मुलुकहरुसँग भर्चुअल छलफल गरेको स्मरण गराए।
केही समयअघि चीनले नेपालसहित, बंगलादेश, पाकिस्तान, अफगानिस्तान र श्रीलंकासँग संयुक्त छलफल गरेको थियो। उनले छिट्टै कोरोनासम्बन्धी सहयोग नेपाललाई गरिने बताए।
चीन सरकारले सहयोग गर्ने अक्सिजन सिलिन्डर लिन आज नेपाल वायुसेवा निगमको जहाज बेइजिङ जाँदैछ। २० हजार खाली सिलिन्डरमध्ये पहिलो चरणमा चार सय खाली सिलिन्डर ल्याउन लागिएको बताइएको छ।































प्रतिक्रिया