मन्त्रिपरिषद् बैठकः वीर अस्पतालको नयाँ भवनलाई ‘कोभिड युनिफाइड’ अस्पताल बनाउने निर्णय

मन्त्रिपरिषद् बैठकः वीर अस्पतालको नयाँ भवनलाई ‘कोभिड युनिफाइड’ अस्पताल बनाउने निर्णय

केन्द्रबिन्दु
0
Shares

सरकारले वीर अस्पतालको नयाँ भवनलाई ‘कोभिड युनिफाइड’ अस्पताल बनाउने भएको छ। 

शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वीर अस्पतालको नयाँ भवनलाई ‘कोभिड युनिफाइड’ अस्पताल बनाउने निर्णय गरेको हो। 

आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् बैठकले वीर अस्पतालको नयाँ भवनमा पाँच सय शैय्याको युनिफाइड कोभिड अस्पताल बनाउने निर्णय गरेको हो।

कृषि तथा पशुपन्छी विकास मन्त्री पद्‍मा अर्यालका अनुसार वीर अस्पताल नजिकै बनेको नयाँ भवनलाई कोभिड अस्पताल बनाउने सम्बन्धी बनेको निर्देशिका मन्त्रिपरिषदबाट पारित भएको छ। 

यो निर्देशिका पारित भएसँगै कोरोना महामारी नियन्त्रणका लागि वीर अस्पताललाई  स्वास्थ्य मन्त्रालय आफैंले चलाउने छ। यसअघि वीर अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत थियो। निर्देशिका अनुसार अब न्याम्सले वीरको अध्ययन अध्यापन अर्थात् शैक्षिक क्षेत्रमात्र हेर्नेछ। 

कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको यसअघिको बैठकले नै यो भवनलाई कोरोना विशेष अस्पताल बनाउन सिफारिस गरेको थियो। अब उक्त भवनमा चार सय बेडको आईसीयू बन्नेछ। जसमध्ये तीन सय बेड अक्सिजनसहितका आईसीयू राखिने छ भने ५० बेडमा भेन्टिलेटर हुनेछन्।अन्नपूर्णबाट

Logo