सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।
सोमवार सुरु हुने प्रतिनिधिसभाको अधिवेशन कसरी अगाडि बढाउने भन्ने विषयमा सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन्।
दिउसो १ बजे संसद भवनको ल्होत्से हलमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ।
प्रतिनिधिसभाका २८ जना सांसदलाई कोरोना संक्रमण देखिएकाले भोलिको बैठक कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल गर्न सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि संसदमा विश्वासको मत लिने कार्यसूची तय गरिएको छ।





























प्रतिक्रिया