गण्डकी प्रदेशमा ५२ नयाँ कोरोना संक्रमित थपिए

गण्डकी प्रदेशमा ५२ नयाँ कोरोना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

कास्की ।

गण्डकी प्रदेशमा ५२ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेशमा कोरोना संक्रमितको संख्या पाँच हजार ३५६ जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिए ।

थपिनेमा सबै नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का छन् । उनीहरूको क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो । सबै जना कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको र संक्रमितलाई आइसोलेसनको व्यवस्थापन गर्ने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

Skip This
Skip This
Logo