नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार कमिसनको खेलमा लागेकाले औषधि खरिद हुन नसकेको आरोप लगाएका छन् ।
आज प्रतिनिधिसभाको विशेष बैठकमा बोल्दै प्रचण्डले यस्तो आरोप लगाएका हुन् । उनले प्रधानमन्त्रीले जस्तोसुकै हालतमा पनि कुर्सी छोड्न नसक्ने भन्दै व्यंग्य पनि गरे । उनले पहिलेका सम्झौता ओलीले कार्यान्वयनमा नल्याएका कारण कम्युनिष्ट आन्दोलन सकिएको पनि बताए।
यतिबेला संविधानलाई नै कोरोना लागेको बताएका छन् । देश र जनता नै कोरोनाले प्रताडित बनेको अवस्थामा नेताहरुका व्यवहारले संविधानमा पनि कोरोना लागेको बताएका हुन्।
प्रचण्डले प्रधानमन्त्रीले आफ्नो अहंकारले संसद विघटन गरेको आरोप लगाए। उनले प्रधानमन्त्रीले विश्वासको मत माग्ने पनि नैतिक अधिकार नभएको भन्दै प्रश्न पनि गरे।
प्रचण्डले प्रधानमन्त्रीले सदनबाट विश्वासको मत नपाउने थाहा हुँदा हुँदै पनि मत माग्नु लोकतान्त्रिक अधिकार भएको बताएका छन् । उनले फेरि संसद विघटन गर्ने त होइन भन्दै आशंका पनि व्यक्त गरेका छन्।
सरकारलाई विश्वासको मत दिन नसक्ने पनि प्रष्ट पारे । सदनमा बोल्दै गर्दा आफू खुसी नभएको भन्दै उनले सरकार गठन गर्दाका दिनहरु सम्झदै जुन विश्वास त्यतिबेला थियो त्यो सबै गुमेको भन्दै चिन्ता व्यक्त गरे । उनले सांसदहरु किनबेचको अवस्थासम्म पुग्नु दुखद भएको पनि बताए।





























प्रतिक्रिया