कर्णाली सरकारमा तीन मन्त्री नियुक्त, शपथ ग्रहण आज

कर्णाली सरकारमा तीन मन्त्री नियुक्त, शपथ ग्रहण आज

केन्द्रबिन्दु
0
Shares

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। आन्तरिक मामिला तथा योजनामन्त्री नरेश भण्डारी र आर्थिक मामिला तथा योजनामन्त्री विमला केसीको राजीनामा स्वीकृत गरेसँगै उनले नयाँ मन्त्री नियुक्त गरेका हुन्। 

नवनियुक्त मन्त्रीमा सुर्खेत निर्वाचन २ (ख) बाट प्रदेशसभामा निर्वाचित विन्दमान विष्ट, सुर्खेतकै सीता नेपाली र रुकुम (पश्चिम) (क) बाट निर्वाचित प्रदेशसभा सदस्य गोपाल शर्मा रहेका छन्।  विष्टलाई आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद, नेपालीलाई जलस्रोत तथा ऊर्जा विकास र शर्मालाई आर्थिक मामिलामन्त्रीको जिम्मेवारी दिइएको छ।

मुख्यमन्त्री शाहीसहित अब कर्णालीमा आठ मन्त्री रहनेछन्। नवनियुक्त मन्त्रीलाई बिहीबार ११ बजे पद तथा गोपनीयताको शपथ गराइने मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुवविक्रम बुढाथोकीले जानकारी दिए। 

Logo