नेकपा एमालेको स्थायी कमिटी बैठकले माधवकुमार नेपालसहित चारजना नेतामाथिको निलम्बन फुकुवा गरेको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकले निलम्बन फुकुवा गर्ने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताए।
निलम्बन फुकुवा भएका नेताहरूमा नेपालसहित डा.भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाल रहेका छन्।
उनीहरूलाई पार्टी एकता विरोधी गतिविधि गरेको आरोपमा यसअघि ओलीले स्पष्टीकरण सोध्दै ६ महिना निलम्बन गरेका थिए।































प्रतिक्रिया