सगरमाथा आरोहणका क्रममा दुई विदेशी आरोहीको मृत्यु

सगरमाथा आरोहणका क्रममा दुई विदेशी आरोहीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

सगरमाथा आरोहणका क्रममा दुई विदेशी आरोहीको मृत्यु भएको छ। बुधबार बिहान उनीहरुको मृत्यु भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिइन्।

उनका अनुसार स्वीजरल्याण्डका आरोही अब्दुल वारिच आरोहण सकेर फर्कने क्रममा सेभेन समिटमा आइपुगेर बसेकै अवस्थामा मृत्यु भएको हो। 

यस्तै शिखरतर्फ जाँदै गरेका अमेरिकन नागरिक पुवई लिउको चौथो क्याम्पमा मृत्यु भएको निर्देशक आचार्यले जानकारी दिइन्। उनीहरुको स्वास्थ्य अवस्था कमजोर भएका कारण मृत्यु भएको बताइएको छ।

Skip This
Skip This
Logo