काठमाडौंका सडकमा जिल्ला प्रशासनको अनुगमन, सवारी पास दुरुपयोग गरिएको पाइयो

काठमाडौंका सडकमा जिल्ला प्रशासनको अनुगमन, सवारी पास दुरुपयोग गरिएको पाइयो

केन्द्रबिन्दु
0
Shares

कोभिड नियन्त्रण तथा रोकथाम समन्वय समिति काठमाडौंले विहीबार सवारी अनुगमन गरेको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको नेतृत्वमा जिल्लास्थित सुरक्षा निकायका अधिकारीसहितको टोलीले सवारी आवागमनको स्थलगत निरीक्षण गरेको हो। निषेधाज्ञामा काठमाडौंका सडकमा उल्लेख्य मात्रामा सवारी साधन सञ्चालन हुन थालेपछि सवारी पासको दुरुपयोगको अनुसन्धान गर्न टोली स्वयं सडकमा निस्किएको हो। 

अनुगमनको क्रममा सवारी पासको दुरुपयोग गरेको पाइएको महानगरिय प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए। सवारी साधनहरुले अस्पतालको पास अगाडि राख्ने र भित्र अरुनै सामाग्री राखेर सुरक्षा निकायलाई झुक्याएको भेटिएको उनले बताए। उनले सुरक्षाकर्मीलाई झुक्याएर सवारी पासको दुरुपयोग गर्ने र अनावश्यक रुपमा आवागमन गर्नेहरुमाथि चेकजाँच गरी कारवाही गरिने बताए। उनले उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाई गरिने बताए।

सुरक्षा निकायका अधिकारीसहितको जिल्ला प्रशासन कार्यालय काठमाडौंको टोलीले भद्रकाली, थापाथली, त्रिपुरेश्वर, कालीमाटी, कलंकी, कोटेश्वर, नयाँबानेश्वर बबरमहल, सोह्रखुट्टे लगायत स्थानको अनुगमन गरेको थियो।

Skip This
Skip This
Logo