सभामुखले लगाए कोरोनाविरुद्ध खोपको दोश्रो डोज, अरु सांसदहरु पनि सहभागी

सभामुखले लगाए कोरोनाविरुद्ध खोपको दोश्रो डोज, अरु सांसदहरु पनि सहभागी

केन्द्रबिन्दु
0
Shares

सभामुख अग्निप्रसाद सापकोटाले कोभिशिल्ड खोपको दोश्रो मात्रा लगाएका छन्।

संघीय संसद भवन नयाँ वानेश्वरमा पुगी सभामुख सापकोटाले कोभिशिल्डको दोश्रो डोज लगाएका हुन्। संसद सचिवालयले नयाँवानेश्वर स्थित संघीय संसद भवनको लोत्से हलमा आजदेखि आइतबारसम्मका लागि खोपको दोश्रो डोज लगाउने व्यवस्था मिलाएको हो। 

शुक्रबारका लागि प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष लगायत दुवै सदनका सांसदहरु, पदाधिकारीहरुका निजी सजिवालयका सबै कर्मचारीका लागि खोप लगाउने व्यवस्था मिलाइएको छ।

पदाधिकारीहरुका निजी सचिवालयका कर्मचारी, सुरक्षाकर्मी लगायतले कोभिशिल्डको दोश्रो खोप लगाएका छन्। बिहान १० बजेदेखि ४ बजेसम्म खोप लगाइने सचिवालयले जनाएको छ। त्यसैगरी शनिबार संघीय संसद सचिवालयका सम्पूर्ण कर्मचारीहरु, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँवानेश्वरमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई र आइतबार स्वकीय सचिव लगायतका सबै कर्मचारीहरु, मर्यादापालक, सुरक्षासँग सम्बन्धीत सबै कर्मचारी, संसदीय मामिलाका सबै पत्रकारहरुलाई खोपको दोश्रो डोज लगाइनेछ।

Logo