कोरोना नियन्त्रण सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री (भिडियोसहित)

कोरोना नियन्त्रण सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। 

शुक्रबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। उनले आजै पदभार ग्रहण गर्दै सरकारको सम्पूर्ण सामथ्र्य कोरोना महामारी नियन्त्रणमा लगाउने बताएका छन्। यस्तै प्रधानमन्त्री ओलीले भ्रष्टाचारविरुद्धमा पनि कडा रुपमा प्रस्तुत हुने बताएका छन्। यसैगरि प्रधानमन्त्री ओलीले शुक्रबार नै पूरानै अनुहारलाई निरन्तरता दिँदै मन्त्रिपरिषद् विस्तार गरि पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन्।  

शुक्रबार नेपालमा ८ हजार ५ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २ सय ३ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ४ सय ७८ वटा पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । यस्तै ६ हजार १ सय ३५ जना निको भएका छन् । 

केपी शर्मा ओली पुनः प्रधानमन्त्री बनेसँगै थप संशय उब्जिएको विपक्षी दलका नेताहरूले टिप्पणी गरेका छन्। यद्यपि, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधान र लोकतन्त्रको पक्षमा निरन्तर खबरदारी गर्ने बताएका छन्। यस्तै नेपाली नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको राजनीति रहस्यमय बाटोमा धकेलिएको टिप्पणी गरेका छन्। ओली पुनः प्रधानमन्त्री भएँसँगै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजनीतिको कोर्स करेक्सन हुनु भन्दा थप गिजोलिएको प्रतिक्रिया दिएका छन् ।

कोरोना भाइरसको दोस्रो लहरले सञ्चालन तयारीमा रहेको जनकपुर–जयनगर रेल सेवा पनि प्रभावित बनेको छ। सञ्चालनको मिति तोक्दै सार्दै गरिएको यो प्रोजेक्ट कोरोनाको नयाँ लहरसँगै पुनः अनिश्चित बनेको हो। सरकारले भारतबाट ०७७ साल असोज ७ गते नै दुई वटा रेल  जनकपुरधामसम्म परीक्षणस्वरुप चलाएर ल्याए पनि ७ महिनादेखि धनुषाको खजुरीको स्टेसनमा दुवै रेल सशस्त्र प्रहरीको सुरक्षामा त्रिपालले छोपेर राखिएको छ। 

कोरोना भाइरसको असरसँगै बेरोजगारीको उच्च समस्या भोगिरहेको अमेरिकाको अर्थतन्त्र बजबुत हुँदै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। पछिल्लो समय अमेरिकामा बेरोजगार भत्ता दावी गर्नेको संख्या ४ लाख ७३ हजारमा घटेको अमेरिकी श्रम विभागले जनाएको छ। यो संख्या एक हप्तामा ३४ हजारले कम भएको विभागले जनाएको छ। 

Logo