काठमाडौं ।
डा. बुद्धिमान श्रेष्ठ गीतसंगितका क्षेत्रमा पनि उतिकै सक्रिय छन् । उनले गत फागुनमा एउटा गीति एल्बम बैगुनी भाग १ ल्याएका थिए । उनले हालै यसको दोस्रो भाग पनि सार्वजनिक गरेका छन् ।
पहिलो गीतबाट निकै उत्साहित भएका डा. श्रेष्ठले बैगुनी भाग-२ ल्याएका हुन् । जसमा गायिका मेलिना राई र डा.श्रेष्ठकै स्वर रहेको छ ।
शितल छायाँलाई, भुल्न कहाँ सक्छु र बैगुनी हितको मायालाई, बोलको यो गीतमा शब्द संगित बादल घिमिरेको छ । गीतको म्युजिक भिडियोमा नायक पल शाह र प्रियना आचार्यको मूख्य अभिनय छ ।
कोरोनाका कारण आफ्नो दोस्रो एल्बम ल्याउन ढिला भएको बताउँदै उनले आफ्नो पहिलो गीतले जस्तै माया पछिल्लो गीतले पनि पाउने विश्वास रहेको बताएका छन् । भिडियो :





























प्रतिक्रिया