इन्टर मिलानमाथि युभेन्ट्सको रोमाञ्चक जित

इन्टर मिलानमाथि युभेन्ट्सको रोमाञ्चक जित

केन्द्रबिन्दु
0
Shares

इटालीको सिरी ए मा इन्टर मिलानमाथि युभेन्ट्सले ३ – २ को रोमाञ्चक जित निकालेको छ । 

खेलको अन्त्यतिर जुवान क्वाडाड्रोले पेनाल्टीबाट गोल गरेपछि युभेन्ट्सले खेल जितेको हो ।

३५ मिनेटपछि इन्टर मिलान १० खेलाडीमा सीमित भएको थियो । त्यसपछि युभेन्ट्सले क्रिस्टियानो रोनाल्डोको गोलसँगै अग्रता लियो ।

जितपछि उसको शीर्षचारको सम्भावना कायमै छ । युभेन्ट्सको ३७ खेलबाट ७५ अंक भएको छ ।

यस्तै, शनिबारकै अन्य खेलमा दोस्रो स्थानका एटलान्टाले जेनोआलाई ४ – ३, स्पेजियाले टुरिनोलाई ४ – १ ले पाखा लगायो । रोम डर्बीमा रोमाले लाजियोलाई २ – ० ले पराजित गर्‍यो ।
 

Skip This
Skip This
Logo