वीर अस्पतालको कन्तबिजोग शय्या छ, अक्सिजन छैन

वीर अस्पतालको कन्तबिजोग शय्या छ, अक्सिजन छैन

केन्द्रबिन्दु
0
Shares

सरकारको गैरजिम्मेवारपनका कारण काठमाडौंको मुटुमा रहेको वीर अस्पतालले अक्सिजन अभावका कारण आफ्नो नयाँ भवन सञ्चालन गर्न सकेको छैन। अस्पताल प्रशासनले नयाँ सर्जिकल भवनको दुईवटा तलामा कोभिड संक्रमित बिरामीका लागि भन्दै १ सय ७० बेड तयार गरिसकेको छ। तर, अक्सिजनको अभावका कारण बिरामी भर्ना लिन सकेका छैनन्।

ट्रमा सेन्टरलाई पनि कोभिड अस्पताल घोषणा गरियो तर त्यहाँ पनि अक्सिजन नभएकै कारण कोरोना संक्रमितलाई भर्ना लिएर उपचार गर्न सकेको छैन । वीर अस्पतालको नयाँ भवनमा बेड र अक्सिजनको व्यवस्था गरेर ५ तलासम्ममा बिरामी राखेर उपचार गराउन सकिने र बिरामीको अत्यधिक चाप रहेको अवस्थामा ७ सयसम्म बिरामीलाई उपचार गर्न सकिने अस्पताल प्रशासनले बताइरहेको छ । तर, समस्या अक्सिजनकै छ ।

नयाँ भवनमा बिरामी राख्नका लागि सबै तयारी पूरा भएको छ तर अक्सिजन नभएपछि कोरोना संक्रमितलाई राखेर उपचार सुरु गर्न सकिएको छैन। अस्पताल प्रशासनको अनुसार पहिलो चरणमा १ सयदेखि ३ सय शय्यासम्म सञ्चालन गर्ने योजना थियो। त्यति बिरामी राख्नका लागि कम्तीमा ६ सय सिलिन्डर अक्सिजन आवश्यक पर्न जाने भएकाले बिरामी राख्न नसकिएको अस्पताल प्रशासनको भनाइ छ। वीर अस्पतालका निमित्त निर्देशक डा. शान्ता सापकोटाले सरकारको निर्देशन अनुसार नयाँ भवन सञ्चालनका लागि तयार गरिए पनि अक्सिजन नपाइएपछि सञ्चालन हुन नसकेको बताइन्। दैनिकजसो कोरोना संक्रमितले अक्सिजन अभावका कारण ज्यान गुमाइरहेको अवस्था छ।

नेपालमा अहिले दैनिक १५ हजार अक्सिजन सिलिन्डरको माग छ तर ७ हजार २ सय मात्र उत्पादन हुने गरेको तथ्यांक अक्सिजन उत्पादक एसोसियसनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुझाएको छ। अक्सिजनको अभावका कारण वीर, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताललगायतमा शय्या खाली छन् । वीर अस्पतालका एक स्वास्थ्यकर्मी बताउँछन्– ‘यति बेला शय्या र स्वास्थ्यकर्मीले मात्र केही हुन्न । पहिला अक्सिजन अनि मात्र बेड र स्वास्थ्यकर्मी भन्नुपर्ने बेला आएको छ। ’बिरामी आए भन्नासाथै मलीन स्वरमा अक्सिजन छैन, बेड त जेनतेन मिलाउँला अक्सिजन आफैं व्यवस्था गर्नुहुन्छ भने मात्र बस्नुस् भन्न बाध्य भएको धुलिखेल अस्पताल कोभिड व्यवस्थापन शाखाका प्रमुख डा. सानुकृष्ण श्रेष्ठ बताउँछन्।नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo