नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ६७३ अक्सिजन सिलिन्डर सङ्कलन गरिएको छ ।
ती मध्ये ३२६ वटा भरिएका र ३४७ खाली सिलिन्डर छन् । सङ्कलन गरिएका ६७३ वटा र यसअघिको स्टक ९४ वटा गरी जम्मा ७६७ वटा सिलिन्डरमध्ये शनिबार ५८५ वटा कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ । बाँकी रहेका १८२ वटा अक्सिजन सिलिन्डरहरु जिल्ला संकट व्यवस्थापन केन्द्र तथा जिल्लास्थित प्रहरी कार्यालयमा राखिएकाे छ । उक्त सिलिण्डर आवश्यकता अनुसार वितरण गरिने प्रहरीले जनाएकाे छ ।
आवश्यकताभन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने व्यक्ति, विभिन्न संघसंस्था तथा स्वास्थ्य प्रयोजनबाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरूमा स्टक गरी राखेका अक्सिजन सिलिन्डर सङ्कलन गरी उपलब्ध गराइएको हो ।
यस विषम परिस्थितिमा अन्य प्रयोजनका लागि स्टक नगर्न तथा विभिन्न कम्पनी, संघसंस्था तथा व्यक्तिहरूसँग आवश्यकताभन्दा बढी सिलिन्डर छन् भने उपलब्ध गराई सहयोग गर्न अपिलसमेत प्रहरीले गरेकाे छ ।































प्रतिक्रिया