सिंहदरबारमा ओली-नेपालबीच एक्ला एक्लै वार्ता

सिंहदरबारमा ओली-नेपालबीच एक्ला एक्लै वार्ता

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच एक्ला एक्लै वार्ता भइरहेको छ। उनीहरुबीच आजको वार्ता सिंहदरबारमा सुरू भएको हो।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र नेता नेपालबीचको वान टू वान वार्तामा यस अघिका विवाद मिलाउन कार्यदल गठनका विषयमा छलफल हुने बताइएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार वार्ता जारी छ ।

यस अघिका पटक पटकका छलफलपछि नेपाल समूहले छलफल सहमति नजिक पुगेको बताउँदै आएको छ ।

यस अघि आजै कोरोना रोकथामका आगामी विषयमा छलफल गर्न सिसिएसीको बैठक बसेको थियो । सो बैठकमा सहभागी रहेका प्रधानमन्त्री सिसिएमसीको बैठक सके लगत्तै माधव नेपालसँग वार्तामा बसेका हुन् । 

Skip This
Skip This
Logo